नेपाल प्रहरीका १० एसएसपी डिआईजीमा बढुवा सिफारीस

चैत २९, २०७६


शुक्रबार साँझ नेपाल प्रहरीका १० जना एसएसपी डिआईजीमा बढुवा सिफारीस भएका छन्। गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले डिआईजी पदमा बढुवा सिफारीस गरेको हो।

एसएपीहरु धिरज प्रताप सिंह, सहकुल थापा, वसन्त लामा, घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वर बाबु कार्की, वसन्त पन्त, उत्तम सुवेदी, रवीन्द्र धानुक र अरुण विसी डिआईजीमा बढुवाका लागि सिफारीस भएका हुन्।