२०७६ मा ५५ फिल्म मात्र रिलिज , नाफा कमाउने ५ चलचित्र मात्र

बैशाख ०१, २०७७


 

पूर्ण के.सी. बैशाख १ । कोरोनाले अरु क्षेत्र जस्तै नेपाली चलचित्र क्षेत्रमा पनि असर पार्‍यो । यो वर्ष चलचित्र उधोग फस्टाउन सकेन ।
वर्ष २०७६ मा जम्मा ५५ वटा नेपाली चलचित्रहरु रिलिज भए भने अघिल्लो वर्ष २०७५ मा सय वटा चलचित्र प्रदर्शनमा आएका थिए ।
चलचित्र कालो बर्ष २०७६ बैशाख १३ गते रिलिज पहिलो चलचित्र थियो भने बर्ष २०७६को लागि अन्तिम रिलिज फाल्गुन ९ गते आमा र सेन्टीभाइरस बन्यो । त्यसपछी कोरोना कहरले हल बन्द भए ।
समग्र यो वर्ष रिलिज भएका चलचित्रलाई नियाल्दा नाफा कमाउन सफल मुख्य पाँच चलचित्र ‘छ माया छपक्कै’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘जात्रै जात्रा’ , ‘दाल, भात, तरकारी’ र ‘आमा’ रहे ।
प्रतिक्रियाको हिसाबले आमा, जात्रै जात्रा र छ माया छपक्कै २०७६ को सर्वाधिक हिट चलचित्र बन्न सफल रह्यो ।
यी बाहेक अन्य केही चलचित्रले औषत कारोबार गरे ।