भर्सटायल एक्टिङ र एक्सनले दिएको क्रेज – निखिल उप्रेती

बैशाख ०२, २०७७


सन्तोष के.सी.

नेपाली चलचित्र उद्योगका चलचित्र प्रेमि दर्शकको लागि कुनै नँया नाम होईन निखिल उप्रेती, एक्सन स्टारको दबदबा लामो समय सम्म कायम राखेका कारण पनि दर्शकको नजरमा उनको मूल्याकङ अहिले पनि कायमै रहेको छ । उनले गरेको कामको राम्रै छापले गर्दा अहिले पनि लोकप्रिय नाम बनिरहेको छ । सबै वर्गका दर्शकको नजरमा उनको भर्सटायल एक्टिङको पपुलारिटी सबैले खुलेरै प्रशंसा गर्ने गर्दछन ।

यो पटक निखिल उप्रेती सँग नेपाली चलचित्रको बिषयमा नजिक बाट चलचित्र पत्रकार संघ दाङको कार्यक्रममा कुराकानि गर्ने मैका मिलेको थियो, साचिकै उनको कुरा सुन्दा कलाकारमा हुनु पर्ने गुन छ जस्तो लाग्छ,  हामि सँगको कुराकानिमा चलचित्र उद्योगमा सकारात्मक, र नकारात्मक कुरा खुलेरै गरिदिए, ठुलालाई सम्मान सानालाई माया र प्रोत्सान गर्नु पर्छ भन्ने धारणा सजिलै सगँ बुझन सकिन्छ, उनका कुरामा । निखिल करिब २ दशक अगाडि चलचित्र पिंजडाबाट नेपाली सिने छेत्रमा प्रवेश गरेका हुन ।


निखिलले पिंजडा चलचित्रमा अभिनय गरेपछि उनको करिअरमा पछाडि फर्केर हेर्नु परेको छैन, डेब्यु चलचित्रमा सात तला माथिबाट हाम फालेर एकाएक चर्चा र सवैको नजरमा क्रेज भएका नायक निखिल उप्रेतीले नेपाली सिनेमा क्षेत्रका लागि पिंजडा सँगै धेरै सफल चलचित्रहरु कर्तब्य, शिबशक्ति, हामी तीन भाइ, अग्निपथ, कर्म योद्दा, दाग, भाई–भाई, निशाना, भाग्य, पर्खी बसे, पापी मान्छे, धड्कन लगाएत दर्जन बढी सुपरहिट फिल्महरु दिइसकेका छन । एक्सनको कुरा गर्ने हो भने प्राय सबै फिल्म द्वन्द्वप्रधान छन, २०६० सालतिर ‘मायाको जाल’ मा मुग्लिनको पुलमाथि हिँड्ने जोखिम मोले । ‘बिनासेफ्टी मुग्लिनको पुल वारपार गर्नु मेरो पागलपन नै थियो,’ उनले भने, ‘जोखिम छँदै थियो, त्यसमा पनि नौ रिटेक दिएर अभिनय गरेँ, उनले ‘कर्तव्य’ मा भोटेकोसीमा बन्जी जम्प हानेको पनि सम्झे । ‘त्यसपछि मेरो ट्रेडमार्क बन्दै गयो, उनले भने, ‘एक्सनको लहरै आयो ।

कुनै एक वर्षमा १६ वटा सम्म फिल्म खेलेको थिए, निखिलले केही फिल्मको सुटिङ क्रममा भएका घटना उनी कहिल्यै भुल्दैनन, ‘पिँजडा’ मा सात तलामाथिबाट हामफाल्नु, ‘मायाको जाल’ मा मुग्लिनको पुलमा बेतुकले हिँड्नु, ‘धड्कन’ मा हेलिकप्टरबाट जम्प गर्नु, ‘सन्तान’ मा २० फिट अग्लो होर्डिङ बोर्ड फोरेर बाइक अर्को्तिर निकाल्नु, भाग्य विधातामा सुटिङ गर्दा दाहिने खुट्टा भाँचिनुजस्ता घटनाले उनलाई सधैं झस्काउँ छन, चलचित्र भनेको पारिवारि, सामाजिक, राजैनतिक र देशको परिवेसलाई चित्रण गर्ने खालका कथा बस्तुलाई युग र परिवेश अनुसार परिवर्तन गर्ने खालको कथा बस्तु हुनु पर्नेमा जोड दिन्छन ।


पिंजडाको चर्चा र सफलता संगै एक्सन स्टारको छविलाई नेपाली चलचित्र उद्योगकै उत्कृष्ट एक्सन अभिनेता एबम स्टन्ट कर्ताका रूपमा उनलाई लिइन्छ र नेपालि चलचित्र जगतमा एक्सन चलचित्रहरू प्रति दर्शक्को रुचिको प्रेरणा श्रोतको रुपमा पनि निखिललाई नै हेर्ने गरिन्छ नेपाली चलचित्र उद्योगमा । निखिल उप्रेतिको जन्म सर्लाहीको पिपरभट्टा भन्ने ठाउमा बुबा गोबिन्द उप्रेति र आमा भोजकुमारि उप्रेतिका कोख बाट भएको हो । उनले सानै छदा करातेमा बल्याक बेल्ट हासिल गरि सकेका थिए । काठमान्डौमा पढ्दा पढ्दै उनि आफ्नो कलाकार बन्ने इच्छा पुरा गर्न भारतको सिनेनगरि मुम्बई तिर लागे केहि समय कर्तबबाज (स्टन्ट कर्ता) को रूपमा र सहायक द्वन्द निर्देशकको भुमिकामा काम गरे । केहि समय उनले अमिता बच्चनको चलचित्र निर्माण कम्पनि एविसिएल को लागि केहि चलचित्रमा पनि काम गरेको कुरा निखिल भन्छन, हिन्दि, भोजपुरी चलचित्रमा पनि काम गरेकाले उनलाई धेरै कुराको बिषयमा जानकारि भएको बताउछन । चलचित्र पत्रकार संघ दाङ शाखाले गरेको साक्षात्कार कार्यक्रममा उनले बलिउड चलचित्रलाई नेपाल बाट निरुत्साहित गरि आफ्नै नेपाली चलचित्र उद्योगलाई माथी उठाउन लागि परेको समेत बताए यदि आफु जस्तै सबै कलाकार उद्योगको बिषयमा चिन्ता गर्ने र उद्योगको बिकासमा हाते मालो गर्ने हो भने सजिलै संग बलिउड चलचित्र नेपालबाट निरुत्साहित हुने तर्क गर्छन । निखिल आज भोलीका नेपाली चलचित्र छेत्रका नया कलाकार सगं त्यति सन्तुष्ट देखिदैनन, राम्रा चलचित्र भन्दा पनि मिडिया प्रचार बाजिका कारण चर्चामा आएका नायक नायिका दिगो रुपमा सिने छेत्रमा नटिक्ने ठोकुवा गर्दछन । एक दुई ओटा चलचित्र र बिज्ञापनमा अभिनय गरेर हिट भईसके भन्ने भर्म्रबाट पछाडि हटन आग्रह पनि गर्दछन ।

नेपाली चलचित्रमा माहानायकको विषयमा बिवाद हुनेगरेको छ तपाईको बिचारमा कोलाई महानायक भन्ने पत्रकारको प्रश्नमा निखिल भन्छन, नेपाली चलचित्र उद्योगमा माहानायक राजेश हमालनै भएको उनि बताउछन, र यसमा बिवाद गर्नुपर्ने कारण नै नभएको निखिलको तर्क छ, निखिल नेपाली सिनेमा क्षेत्रमा १ दशक बढी एकछत्र राज गरेका कलाकार हुन किनकि उनको पहिचान आजभोलिका कलाकार जस्तो एक दुई चलचित्र सफल हुदैमा आफुलाई स्टार हु भन्ने अहमंताले बनेको पहिचान होईन सबै खालको अभिन्य देखाउन सक्ने भ्रर्सटायल एक्टर भएर सबैले मुक्क्त कन्ठले प्रशंसा भएर बनेको पहिचान हो भन्दा फरक नपर्ला ।


निखिल भन्छन आफु केहि समय पारिवारि कारणले नेपाली फिल्मबाट टाढा बसे पनि आफु सधै सिने छेत्रकै बिकास र बिस्तारमा तलिन भएको र करिब ५ वर्षको विश्रामपछि फिल्म भैरवबाट आएको बताउछन । निखिलको ५ वर्ष पछिको धमाकेदार कमब्याकलाई दर्शकले राम्रै मूल्याङकण गरेका थिए । भैरव पछि उनले काम गरेका छ फिल्मको ब्यापार त्यति सन्तोषजनक नभएको निखिल स्वईकार गर्दछन । उप्रेती भन्छन दुई बर्ष फेरी आफुले चलचित्र मेकिङमा ध्यान दिने बताउछन, हाल भैरवको सिक्वेलको तयारी गरिरहेका एक्सन स्टार निखिल उप्रेतीले पुराना कलाकारको भोगाइ र नयाँ कलाकारको सिकाइ बीचमा फ्युजन भयो बने उत्कृष्ट फिल्म बन्ने दाबी गर्दछन ।

पुराना कलाकारसंग नेपाली सिनेमा सम्बन्धि दशकौंको अनुभव र भोगाइ छ अनि नयाँ कलाकारहरुले पनि नेपाली फिल्मको बारेमा धेरै सिकेर र पढेर यो क्षेत्रमा आउनु भएको छ त्यसैले यी दुई पक्षको मिलन भयो भने पक्कै पनी राम्रो फिल्म बन्ने बताउछन । भैरवको सिक्वेलको काम अन्तिम चरणमा भएकाले छिट्टै फिल्मको औपचारिक घोषणा हुने र लगत्तै फ्लोरमा जाने बताए, यस्तै भैरवमा संचिता लुइँटेल हुने सम्भावना कति छ भन्ने पत्रकारको जिज्ञासामा निखिलले भने भैरवको सिक्वेलले संचिताको डिमान्ड गर्ने सम्भावना प्रवल रहेको बताए, चलचित्र भैरवले देशको र क्राइमाको कथा बस्तु बोल्ने बताए, निखिल आफैं फिल्मको कथा लेखिरहेका छन । उनी स्वयंको निर्माण र निर्देशनमा बन्ने फिल्ममा चलेका कलाकारहरुको अभिनय रहने भएपनि कलाकार भने फाइनल नभएको बताए,

अर्को एक प्रसङ्गमा निखिलले फिल्म कमिट्मेन्ट सिक्टी आवर छायांकन प्राविधिक कारणले केहि समय रोकिएको भएपनि केही महिनापछि फेरि फिल्मको बाकी छायांकन गरिने बताए महङगो प्रोजेक्ट र हिन्दि फिल्मका कलाकार भएकाले समय ब्यबस्थानप नभएकाले फिल्मको छायांकनमा ढिलाभएको स्विकार गरे, निर्माताको लाखौं रुपैयाँ खर्च भैसकेकाले केही समय लागे पनि फिल्म बन्नेमा कुनै शङ्का नरहेको बताए, सिने क्षेत्रको बिकास सँग सँगै कला र गलाको सम्मान भयो भने मात्र सवै कलाकार माथि न्यायहुने बताएका थिए ।

लेखक चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाका उपाध्यक्ष हुन्