चलचित्र ‘बुलबुल’ शुक्रबार देखि डिस होममा रिलिज हुँदै ।

बैशाख ०३, २०७७


बिनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’ अब डिस होममा रिलिज हुने भएको छ । यहि शुक्रबार ५ गतेबाट डिश होमको च्यानल नम्बर १०८ मा फिल्म प्रसारण हुनेछ र फिल्म हेर्नको लागि २२५ रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।

फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुसाल, लक्ष्मी बर्देवा, दिपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की, उज्वल अधिकारी लगायतको मुख्य भूमिका रहेको छ । सकारात्मक समीक्षा पाएको फिल्मले देश भित्र र बाहिर थुप्रै अवार्डहरु पनि जितेको थियो ।

फिल्मले श्रीमान विदेशमा भएको एक टेम्पो चालक महिलाको कथा भनेको छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई निर्देशक पौडेललेनै लेखेका हुन् । फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल संयुक्त रुपमा निर्माण गरेका हुन् ।