गीतकार प्रकाश सुवेदीले भने -“भो बाहिर नजाऊ हुन्न र”

बैशाख ०९, २०७७


 

सारा विश्व नै कोरोना भाइरसको डरलाग्दो महामारीबाट विचलित भैरहेको बेला विभिन्न पेशा या व्यवशायमा आबद्ध व्यक्तिहरुले आ- आफ्नो बिधा र दक्षता अनुसार जनतालाई सान्त्वना र आत्मबल बढाउन योगदान गर्दै आइरहेको अबस्थामा सर्जक, गायक र कलाकारहरु पनि यसबाट टाढा रहन सकेका छैनन्। अहिले यो महामारी सम्बन्धि विभिन्न गीत, गजल, मुक्तक, कविता जस्ता लेख रचनाहरु अाउने सन्दर्भमा मूल त गीतकारको रुपमा परिचित प्रकाश सुवेदीको शब्द, भ्वाइस अफ नेपालको प्रथम विजेता गायक सिडी विजय अधिकारीको स्वर तथा सङ्गीत, राजु कार्कीको सङ्गीत संयोजन र कुशल सम्पादक विरेन्द्र भाट विपिनको भिडियो सम्पादनमा `जे छ घरमा मीठो नमीठो त्यहि खाऊ हुन्न र ?´ बोलको अनुरोधनात्मक शैलीमा लेखिएको चेतनामूलक गजल सि डि एम म्यूजिक क्रिएसन र स्टूडियो किङ्गको सहकार्यमा नेपाली साङ्गीतिक बजारमा आएको छ।

बर्तमान समस्यालाई नै आधार बनाएर `मेरो विश्व मेरो घर´ र ` भो शुभकामना नपठाऊ´ जस्ता अति सन्देशमूलक गीतहरु भर्खरै मात्र सार्वजनिक गरेका प्रकाशले यो गजल मार्फत बाहिर निस्किंदा स्वास्थ्यमा सङ्क्रमण अाउन सक्ने हुनाले सरकारले निर्देशन गरेको नियम पालना गर्दै घरमा जे छ त्यसैले निर्वाह गर्दै स्वयं र संसारलाई बँचाउन आह्बान गरेका छन् ।

जे छ घरमा मीठो नमीठो त्यही खाऊ हुन्न र
छैनन् खुलेका नधाउनु बजार थोत्रै लाऊ हुन्न र

हरेक साँझ दोहोरी डिस्को डान्स वार जानेहरू
बजाई खैंजडी मुजुरा भजन, घरमै गाऊ हुन्न र

धराभरि विपत्ति छाएको छ अटेर गर्छौ किन
हामी अाफू बाँचौं बचाऔ संसार बाहिर नजाऊ हुन्न र

भन्दैन यसले धनी र गरिव उँच नीच पनि
रूँदैछ छ दुनिया बिलौना गरी तिम्लाई घाऊ हुन्न र