ब्राजेलियन स्टार नेयमारद्धारा सहयोग
चैत २२, २०७६
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) फरवार्ड नेयमारले कोरोना भाइरसविरुद्ध युनिसेफलाई नगद रकम सहयोग गरेका छन् । ब्राजिलियन फरवार्ड नेमारले ५ मिलियन ब्राजिलियन रकम आर्थिक सहयोग गरेका हुन् । यो रकम युनिसेफ र ब्राजिलमा स्थापना गरिएको कोषलाई जानेछ ।नेयमारले उपलब्ध गराएको उक्त रकम युनिसेफबाट विश्वभरका कोरोना प्रभावित क्षेत्र र ब्राजिलको कोषले आफ्नो राष्ट्रका प्रभावितका लागि खर्च गर्नेछ ।यसअघि नै चर्चित खेलाडीहरु लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो, रोवर्ट लेवान्डोस्की लगायतले कोरोनाविरुद्ध लड्न आर्थिक सहयोग गरिसकेका छन् ।






