मन्त्रिपरिषद् बैठक बस्दै, अध्यादेशबारे छलफल हुने
बैशाख १२, २०७७
मन्त्रिपरिषदको बैठक आज बस्दै छ। बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि जारी लकडाउन, सरकारले हालै ल्याएका दुई अध्यादेशलगायतका विषयमा छलफल हुने बताइएको छ।
सरकारले यही वैशाख ८ गते जारी गरेको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेशका बिषयमा चौतर्फी आलोचना भइरहेको छ। पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बस्ने अध्यादेशको बिपक्षी दलहरुमात्र होइन, सत्तापक्षभित्रै पनि विरोध भइरहेको छ।







