अमेरिकन फिल्ममा केकी र स्वस्तिमा

बैशाख २५, २०७७


नायिका केकी अधिकारी र स्वस्तिमा खड्काले अमेरिकन फिल्ममा अभिनय गर्ने भएका छन् । एक अनटाइटल्ड फिल्ममा उनिहरु छानिएका हुन् ।

  उनिहरुको छनौटको लागी अडिशन लिइएको थियो । अडिशनमा अरु को-को नायिकाहरु पुगेका थिए भन्ने खुलेको छैन । फिल्मीखबरसँगको कुराकानीमा नायिका अधिकारीले अमेरिकन फिल्ममा अभिनय गर्न लागेको बताईन् । तर, चलचित्रको बारेमा अहिले नै केहि खुलाउन नमिल्ने गरी सम्झौता भएकोले अन्य कुरा खुलाउन नसक्ने बताईन् । केकी र स्वस्तिमाको भूमिका दिदि-बहिनीको हुने बुझिएको छ ।
यो फिल्म कोरोना महामारी साम्य भएपछि अमेरिकामा छायांकन हुने बताईएको छ ।