नेकपाले बोलायो स्थायी समिति बैठक
बैशाख ३०, २०७७
सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाएको छ।
वैशाख पहिलो साता सरकारले ल्याएका दुई अध्यादेश पछि स्थायी समिति सदस्यहरुले बैठकको माग गर्दै आएका थिए। तर, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक टार्दै आएका थिए।
बुधबार ११ बजे बस्ने गरी स्थायी समितिको बैठक बोलाएको सुवास चन्द्र नेम्वाङले जानकारी दिए। उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बस्ने छ।






