कोरोना संक्रमितको उपचार बेलझुण्डीमा गर्ने निर्णय

बैशाख ३०, २०७७


तुलसीपुरको बेझुण्डी स्थित कोरोना विशेष अस्पताल संचालक समितिले उपचारका लागि प्रदेश ५ का जुनसुकै जिल्लाबाट आएपनि उपचार गर्ने निर्णय गरेको छ । प्रदेश ५ का संघीय आन्तरिक मामिला तथा कानुन मन्त्री कुलबहादुर केसीको अध्यक्षतमा बसेको बैठकले अस्पतालमा बिरामी भरिएपछि दाङबाट अन्य लैजान र ल्याउन सकिने भन्दै तयारी अवस्थामा बस्ने निर्णय गरेको अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिए ।

जिल्ला बाहिरबाट कोरोना संक्रमित बिरामी आउन लागेको भन्दै सामाजिक संजालमा तिब्र विरोध भईरहदा समितिले यस्तो निर्णय गरेको हो । तत्तकालका लागि कोरोना संक्रमित ३० जनालाई राखेर उपचार गर्न सकिने अस्पतालले जानकारी दिएको छ । संक्रमितलाई लक्षित गरेर प्रदेश ५ मा भैरहवा, बुटवल, दाङ र बाँकेको खजुरामा भेन्टीलेटर सहितको सुविधा सम्पन्न अस्पताल तयारी अवस्थामा राखिएको छ ।