रोटरीको मानविय सेवा प्रशंसनिय : डिष्ट्रिक गभर्नर श्रेष्ठ

जेठ ०८, २०७७


जेठ ०८ दाङ,

रोटरी ईन्टरनेशलन डिष्ट्रिक ३२९२ नेपाल-भुटानका डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले रोटरीले सेवामुलक कार्यमा विशेष जोड दिनुपर्ने बताउनु भएको छ । यसको लागि पहिला क्लब बलियो हुनुपर्ने र नियमित रुपमा सदस्य थप गर्दै लग्नुपर्ने साथै एकपटक रोटरीमा प्रवेश गरिसकेका सदस्यहरुले निरन्तरता दिनुपर्ने उहाँको धारणा थियो । रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष देव बहादुर केसीको अध्यक्षतामा भएको भर्चुअल क्लब भिजिट कार्यक्रममा बोल्दै गभर्नर श्रेष्ठले क्लबले गरेका सम्पूर्ण गतिबिधीहरु उल्लेखनिय रहेको र विशेषगरी काेराेना भाईरस (कोविड १९) को अहिलेको उच्च संक्रमणका बिचमा पनि अग्रपँक्तिमा अहाेरात्र खटेर क्लबले गरेको सामाजिक कार्य र मानविय सेवाको खुलेर प्रशंसा गर्नु भएको थियो । साथै उहाँले अहिलेको विषम परिस्तिथीमा स्थानिय आवश्यकता बोध गरेर साझेदारीमा कुनै प्रस्ताब आएमा डिष्ट्रिकको तर्फबाट जस्तोसुकै सहयोग गर्न पनि आफु तयार रहेको बताउनु भएको थियो ।

कार्यक्रममा डिष्ट्रिक गभर्नर नोमोनी सन्तोष रिजाल, असिष्टेन्ट गभर्नर प्रकाश भट्ट, डिष्ट्रिक सेक्रेटरी राजेन्द्र दाहाल, डिष्ट्रिक एडिसनल सेक्रेटरी ईश्वरी प्रसाद ढकाल लगायतले आ-आफ्नो विचार व्यक्त गर्नु भएको थियो । साथै क्लबले गरेका बिभिन्न गतिबिधीहरुको प्रतिवेदन क्लबका पूर्व अध्यक्ष बिमल रिजाल, उपाध्यक्ष बिनिल केसी, कोषाध्यक्ष देवेन्द्र केसी, सर्विस प्रोजेक्ट चेयर राजिव वली र रोटरियन रुपेश शर्माले प्रस्तुत गर्नुभएको थियो । सचिव सन्दिपन रिजालले सहजिकरण गरेको कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, भावी अध्यक्ष सुरेश हमाल, पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठ, कुशल तर्ताल, बिजय केसी, ललित बहादुर घर्ती, तुफानबाबु श्रेष्ठ र उपाध्यक्ष यज्ञ बहादुर केसी लगायतको सहभागिता थियो ।