घरेलु मैदानमै हार्‍यो डर्टमण्ड!

असार ०४, २०७७


जर्मन बुण्डेसलिगामा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्ड माइन्जसंग पराजित भएको हो । डर्टमण्डलाई उसको मैदानमा २-० ले पराजित गरेपछि माइन्जले रेलिगेसनबाट बच्चने आशालाई बलियो बनाएको छ ।

बायर्न म्युनिखले यसअघि नै उपाधि पक्का गरिसकेको अवस्थामा डर्टमण्डले अर्को सिजन युरोपियन च्याम्पियन्सको लागि स्थान पक्का भने गरिसकेको छ । डर्टमण्डलाई पराजित गर्न माइन्जका लागि जोनाथान बुकार्टले ३३औं र ४९औं मिनेटमा जिन फिलिप माटेटाले पेनाल्टीमा गोल गरे ।