भाल्लाडोलिडलाई हराउँदै एट्लेटिको मड्रिड तेस्रो स्थानमा

असार ०७, २०७७


स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल भाल्लाडोलिडलाई पराजित गर्दै एट्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लेको छ । घरेलु मैदानमा भएको खेलमा एटलेटिकोले १-० को जित हात पारेको हो । एट्लेटिकोका लागि ८१औं मिनेटमा भिटोलोले एक गोल गरे ।

जितपछि ३० खेलबाट ५२ अंक जोडेको एट्लेटिकोले समान अंक भएपनि हेड टु हेडमा सेभियालाई पछि पारेको हो । सेभियाले अघिल्लो दिन शीर्ष स्थानको बार्सिलोनासंग बराबरी खेलेको थियो ।