अग्रता जोगाउन नसक्दा आर्सनल ब्राइटनसँग पराजित

असार ०७, २०७७


एक गोलको अग्रता जोगाउन नसक्दा आर्सनल प्रिमियर लिगमा ब्राइटनसँग पराजित भएको छ ।

घरेलु मैदानमा निउल पाउपेलले इन्जुरी टाइमको पाँचौ मिनेटमा निर्णायक गोल गरेपछि ब्राइटनले लण्डन क्लब आर्सनलमाथि २-१ को पुनरागमन जित हात पारेको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ६८ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई पहिले अग्रता दिलाएका थिए ।

तर आर्सनलले त्यसलाई जोगाउन सकेन । ७५ औं मिनेटमा लेविस डंकले ब्राइटनका लागि बराबरी गोल फर्काए । खेल बराबरीतर्फ अग्रसर भएका बेला पाउपेले इन्जुरी टाइममा गोल गर्दै ब्राइटनलाई ३ अंक दिलाए ।