लेवनडोस्की र हल्यान्डको दुई–दुई गोल

असार ०७, २०७७


जर्मन बुन्डेसलिगाको दोस्रो अन्तिम खेलमा शनिबार राति रोबर्टो लेवनडोस्की र इर्लिङ ब्रट हल्यान्डले दुई–दुई गोल गरेका छन् । उक्त प्रदर्शनको मद्दतमा बायर्न म्युनिखले फ्राइबर्गलाई ३–१ ले हरायो ।

बायर्न अघिल्लो चरणमा मात्र लिग विजेता बनेको थियो । यस्तै बोरुसिया डर्टमन्डले लाइपजिगलाई २–० ले हराएर लिग अंकतालिकामा दोस्रो स्थान निश्चित गर्न सफल रह्यो ।

लाइपजिग भने तेस्रो स्थानमा छ । लिग तालिकाको पुछारमा भेरडाआ ब्रेमेन माइन्जबाट ३–१ ले पराजित रह्यो । अब शनिबार लिगको अन्तिम दिनका खेल हुनेछन् ।