विद्यार्थी भर्नाकाे वातावरण तय गरिदिन प्याव्सन र एन प्याव्सनकाे आग्रह ।।

साउन १२, २०७७     सम्पूर्ण कुरा


विद्यार्थी भर्ना तथा पठन पाठनकाे वातावरण निर्माण गरिदिन प्याव्सन र एन प्याव्सन दाङले सराेकारवालाहरुमा आग्रह गरेका छन ।
प्याव्सन दाङ र एन प्याव्सन दाङका पदाधिकारीहरुकाे अाज वसेकाे वैठकले त्यस्ताे अाग्रह गरेकाे हाे । प्याव्सन दाङका अध्यक्ष रेशम वहादुर वुढा र एन प्याव्सन दाङका अध्यक्ष विमल गाैतमकाे संयुक्त अध्यक्षतामा वसेकाे वैठकले जिल्लामा विद्यार्थी भर्ना तथा पठन पाठन शुचारु गर्ने वातावरण निर्माण गरिदिनका लागि स्थानिय प्रशासन, पालिका, नागरिक समाज, पत्रकार,विद्यार्थी सघ,संगठन लगायतलाई अाग्रह गरेकाे हाे । वैठकले निजि विद्यालयहरुले शैक्षिकसत्र २०७६ सालकाे वाकि वक्याैता उठाउन नपायकाे ,शैक्षिकसत्र २०७७ का लागि विद्यार्थी एकिन गर्न नपायकाे , पाठ्य पुस्तककाे व्यवस्थापन गर्न नपायकाे लगायतका समस्याहरु रहेकाे हुदा सम्वन्धित निकायकाे ध्यानाकर्षण गराउने निर्णय समेत गरेकाे छ । त्यसैगरि वैठकले अाफना छाेराछाेरिहरुका लागि पाठ्य पुस्तक खरिद गरिदिन तथा रेडियो ,टेलिभिजन मार्फत हुने पठन पाठनका साथै घरमा समेत अध्यण गराउन अभिभावकहरुमा अाग्रह गरेकाे छ । त्यसै गरि अाजै प्याव्सन तथा एन प्याव्सनका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी गाेविन्द प्रसाद रिजाल र जिल्ला शिक्षा सम्न्वय अधिकारी देवमणि चाैधरि संग भेटघाट गरेका छन । साे अवसरमा उनिहरुले चाडाे भन्दा चाडाे विद्यार्थी भर्ना तथा पठन पाठनकाे लागि सहजिकरण गरिदिन अाग्रह गरेका छन । साे अवसरमा वाेल्दै प्रमुख जिल्ला अधिकारी रिजालले अाफु सकारात्मक रहे पनि केन्द्रीय निर्णय मान्नु पर्ने भन्दै निजि विद्यालयलाई परेका समस्याका वारेमा शिक्षा मन्त्रालयमा जानकारि गराउने वताउनु भयाे । वैठकमा नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुवाेध कुमार डागि , केन्द्रीय सदस्य प्रकाश कुमार शर्मा, प्याव्सनका केन्द्रीय सदस्य द्वय यादव गिरि , केशव थापा ,एन प्याव्सन प्रदेश नम्वर ५ का सदस्य नरेश अाचार्य लगायतकाे सहभागिता रहेकाे एन प्याव्सन दाङका अध्यक्ष विमल गाैतमले जानकारि दिनु भयाे ।।