अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६१ हजार नाघ्यो

साउन २४, २०७७


२४ साउन, काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजारभन्दा धेरै पुगेको छ । यसैगरी कोरोना संक्रमितको संख्या ४९ लाखभन्दा धेरै छ ।

नयाँ तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ४९ लाख ३७ हजार ४ सय ४१ पुगेको छ । यस्तै मृतकको संख्या १ लाख ६१ हजार ३ सय २८ छ ।


अमेरिकाको आहायो राज्यका गभर्नरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।