भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था गम्भीर

साउन २७, २०७७


२७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था ‘गम्भीर’ बनेको छ ।

भारतको नयाँ दिल्लीस्थित सैनिक अस्पतालमा उनको ब्रेन सर्जरी भएको थियो । सर्जरीपछि उनको अवस्था नाजुक बनेको हो । अहिले उनलाई भेन्टिलेटरको सहायतामा राखिएको छ ।

सोमबार ८४ वर्षीय मुखर्जीले आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । उनले सामाजिक सञ्जाल ट्वीटरबाट उक्त जानकारी दिएका हुन् ।