विवादित बन्दै चलचित्र क्षेत्र । चलायमान कसरी बनाउने भन्दा बढि आरोप प्रत्यारोपमा केन्द्रित

साउन ३१, २०७७     डि.आर.एन.


केहि दिन यता नेपाली चलचित्र क्षेत्र निरन्तर विवादमा मुछिदै आएको छ । चलचित्र क्षेत्रमा काम गर्ने नायक नायिका देखि लिएर चलचित्र पत्रकारिता गर्दै आएका चर्चित कहलिएका पत्रकार पनि यतिवेला विवादमा मुछिएका छन् । विशेषगरी चलचित्र क्षेत्रमा आफ्नो कर्म भन्दा बढि कुरा गर्ने र अरुलाई होच्याउने प्रवित्ति बढि हावि हुदै गएको छ ।
कोरोना कहरका विच यतिवेला नेपाल सहित विश्व बजार नै स्तव्ध भएका बेला नेपाली चलचित्र क्षेत्र भने निकै जुरमुुराएको देखिन्छ ।

फिल्मको छायाकंन कहिले देखि, निर्माण सम्पन्न भई कोरोनाका कारण रिलिज हुन नपाएका फिल्म रिलिज कहिले देखि,हल संचालन हुने कहिले देखि, फिल्म क्षेत्रलाई पहिला जस्तै गतिशिल बनाउने कहिलेदेखि भन्दा पनि को कलाकारले कहिले के वोल्यो र त्यसलाई कसरी भाईरल बनाउने,कलाकार कलाकार विच दुश्मनी कसरी बढाउने,एक अर्काको नजरमा नराम्रो कसरी बनाउने भन्ने यस्तैखालका आरोप प्रत्यारोपमा केन्द्रित भएको छ चलचित्र क्षेत्र ।

यसरी चलचित्र क्षेत्रलाई विवादित तथा भड्किलो बनाउने कार्यमा भने यहि क्षेत्रमा विगत लामो समय देखि राज गरेको मानसिकतामा रुमलिएका कलाकार र चलचित्र पत्रकारहरुले नै गराएका छन् । विशेष गरी एउटा टिभि कार्यक्रम रजतपटका संचालक प्रकाश सुवेदिले लिने अन्र्तवार्ता,उनले गर्ने समिक्षाका कारण यतिवेला नेपाली चलचित्र क्षेत्र पटकपटक विवादमा परेको छ । सहकार्य गरेर जटिल परिस्थतीको सामना गर्नुपर्ने बेला कलाकार र चलचित्र पत्रकारनै दुई ध्रुवमा केन्द्रित भएका छन् । वोल्दा ध्यान नदिने परिपाटिले गर्दा कहिले कलाकार त कहिले पत्रकार पालैपालो विवादमा आईरहेका छन् ।

चर्चित कलाकार दिपकराज गिरीले केहि दिन अघि मात्रै आफ्नो फेसवुकमा लेखेको स्ट्याटसलाई साभार गरेर भन्नुपर्दा आजभोलि दुई कुराको डर छ एक भाईरस र अर्को भाईरल । उनले आफ्नो फेसवुकमा लामै कुरा लेखेका छन् । उनले लेखेको कुरालाई सरसर्ती अध्ययन गर्दा उनको सार भनेको चलचित्र क्षेत्र हिजो जे थियो आज त्यो छैन । जसरी पहिला पहिला ईन्टरभ्यु दिन जादा मन गदगद हुन्थ्यो,ईन्टरभ्यु दिएर आएपछि जसरी टोल,छिमेक,साथिभाई सबैलाई उत्साहित भएर हल्ला गरिन्थ्यो आज त्यो परिस्थिती विल्कुल छैन भन्ने नै हो । साथै कलकारहरु पत्रकार र क्यामेरा देख्दा तर्सिने दिन आएको उनले लेखेका छन् ।

चलचित्र क्षेत्रका हालसालैका विवादित सवालहरु
केहि दिन अघिको कुरा हो एउटा टिभी कार्यक्रममा कलाकार दिपा श्री निरौला महानायकको विवादमा नराम्रो संग परिन । खास गरी उनले उक्त कार्यक्रममा वोल्ने शैलि र हाउभाउ नमिलाउदा उनी विवादमा आउनुप¥यो । उनी मात्र नभएर कलाकार दिपकराज गिरी संगै नेपाली चलचित्र क्षेत्रका नाम कहलिएका कलाकारहरु महानायकको लफडामा फसे । महानायकको विवादलाई यति ठुलो बनाईयो कि त्यसको कुनै व्याख्या नै अपूर्ण हुन्छ होला । राष्ट्रिय स्तरका मुलधारका मिडियाले समेत यसलाई जोडदारका रुपमा उठाए । को मनानायक भन्ने सवालमा कलाकारहरुनै दुई गुटमा विभाजित भए । दिपाश्री र दिपकराज गिरीले माफी माग्दा समेत उनीहरुलाई वारम्वार सामाजिक सञ्जालमा अभद्र गालिका वर्षा भईराखे । पछि महानायक राजेश हमाल स्वंयले फेसवुक लाईभ मार्फत क्षमा दिनुहोला भन्ने भिडियो सार्वजनिक गरे पश्चात विवाद सेलायो ।

यसैगरी विवादित हुने श्रृखंलामा नायिका पुजा शर्मा परिन । उनले पनि आफुले दिएको ईन्टरभ्युमा सामान्य ज्ञानका प्रश्नको सामना गर्न नसक्दा ठुलै ट्रोलको सिकार हुन पुगिन । उनले आफ्नो फेसवुक साथै विभिन्न मिडिया मार्फत आफ्नो गल्ती रहेको भनी माफी पनि मागिन तर पनि लामै समयसम्म उनी विवादित भईराखिन ।

त्यसैगरी नायिका वर्षा राउत पनि विवादमा आईन । राष्ट्रियताको मुद्धामा लचिलो शव्द वोलेका कारण उनी पनि चलचित्र क्षेत्रको विवादित नायिकाको ट्याग भिर्न वाध्य भईन । सिमा विवादको वारेमा भारतको पक्ष लिएको र पत्रकारले नै झगडाको स्थिती सिर्जना गरेको बताउदै उनले दुई देशका मिडियाले दुई देश विचको सम्वन्धमा खलल पु¥याएर आफ्ना भारतिय साथिहरुसंग आफुलाई सामना गर्न अप्ठेरो परेको भन्दै एक युट्युव च्यानललाई अन्तर्वार्ता दिएपछि उनी पनि निकै विवाद मा आईन र उनले पनि सामाजिक सन्जालको माध्यमबाट सबैसंग माफि मागिन् ।

यस्तै नायिका साम्राज्ञी राज्य लक्ष्मि शाहले चलचित्र ड्रिम्स्को सुटिङका वेला नायक तथा निर्माता भुवन केसीले आफुलाई यौन दुव्र्यवहार गर्न खोजेको आरोप लगाईन । यति मात्र नभएर सुटिङका वेला आफु र अनमोललाई गर्ने व्यवहार नै फरक हुने र राम्रो संग पानी समेत खान नपाएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरिन । उनले भिडियो सार्वजनिक गरे संगै नायक भुवन केसी विवादमा तानिए । उनले पनि यसको प्रतिकार गर्दै हिडे । कुरा मुद्धा मामिला सम्म पुग्यो ।

यसैगरी नायिका प्रियंका कार्कीले पनि एक अन्र्तवार्ताको समयमा आफु यु.के,यु.एस धेरै पटक गएको तर अमेरिका भने पहिलो पटक भएको भन्दै अन्तर्वाता दिएकाले उनी पनि सामाजिक सन्जालमा ट्रोल वन्न पुगिन ।

चलचित्र क्षेत्रलाई विवादमा ल्याईरहने चलचित्र पत्रकार सुवेदिनै विवादित

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रलाई वेला वेला उतारचढाव वनाईरहने चलचित्र पत्रकार प्रकाश सुवेदि नै विवादमा तानिएका छन् । उनले आफ्नै कार्यक्रम रजतपटमा “दाह्म निस्केकि महानायिका” भन्ने शव्द प्रयोग गरेकै कारण विवादमा तानिएका हुन् । उक्त कार्यक्रममा उनले कुनै पनि नायिकाको नाम नलिएता पनि नायिका पुजा शर्माले भने उक्त प्रहार आफैलाई भएको र यदि आफुलाई नभए पनि यस्ता खालका प्रहार हामि कलाकारले कतिदिन सम्म खेप्दै जाने भन्दै आक्रोसित हुन पुगिन । निर्माता समेत रहेकि नायिका पुजा शर्माले आक्रोसित हुदै के पत्रकारले यस्तो अशिष्ट,अभद्र र अमर्यादित शव्द प्रयोग गर्न मिल्छ ? भन्दै न्यायको लागि विभिन्न संघ संस्थाको ढोका ढकढक्याउन पुगिन । उनले विभिन्न मिडिया भावुक हुदै अन्तर्वार्ता दिने क्रममा आफुलाई प्रकाश दाईले धेरै पटक अन्तर्वार्ताको लागि वोलाएको र म पहिलानै एक पटक ट्रोलको सिकार भईसकेकाले मानसिक रुपमा अन्तर्वार्ता दिन नसक्ने स्थितीमा थिए । मैलै उहाँलाई म आउदिन दाई भनेर ईन्कार गरे अन्तमा उहाँले त्यसकै प्रतिकार स्वरुप आफ्नो कार्यक्रममा मलाई लक्षित गर्दै हाउँभाउँ सहित त्यस्ता शव्द प्रयोग गर्नुभयो भनेर भनेकि छिन् । उनले आफ्नो न्यायका लागि चलचित्र कलाकार संघ,एपि वान टिभि लगायत विभिन्न संघ सस्थामा उजुरी दिईन ।

उनले उजुरी दिए संगै चलचित्र पत्रकार सुवेदिले आफ्नै कार्यक्रम र विभिन्न युट्युव मिडिया बाट माफि माग्न पुगे । उनले आफु वोल्दा चिप्लिएको,वोल्नै नहुने शव्द वोलेकाले माफि दिनुस भनेर माफि माग्दै आएका छन् । उनले वारम्वार नवोल्नु थियो तर वोलिहालियो , गल्ति भयो माफ पाउँ भन्दै आएका छन् भने नायिका पुजाले भने माफिले मात्रै नगुग्ने भन्दै कारवार्हिको प्रक्रियामा आउनुपर्ने बताउदै आएकि छिन । यस्तै यहि विवादलाई लिएर नायिका पुजा शर्माको चलचित्र कलाकार संघमा उजुरी परेपश्चात चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले कार्यक्रममा दिईएको अभिव्यक्ति प्रति आफ्नो पनि असन्तुष्टि रहेको भन्दै अव उपरान्त सुवेदिको कार्यक्रममा कुनै पनि कलाकारहरु अन्तर्वार्ताको लागि नजाने भन्दै निर्णय समेत गरेका छन् ।


अवको वाटो के ?

भनिन्छ कलाकार र चलचित्र पत्रकार एक सिक्काका दुई पाटा हुन अथवा उनीहरुविच नङ र मासुको जस्तै सम्वन्ध हुन्छ । कलाकार विना चलचित्र पत्रकारिताको कुनै अर्थ छैन भने चलचित्र पत्रकार विना पनि कुनै पनि कलाकारको महत्व रहदैन । तसर्थ कलाकार र चलचित्र पत्राकार यदि मिल्न सकिएन भने यसले समग्र चलचित्र क्षेत्रलाईनै प्रभावित पार्दछ । यस्ता खालका विवादले गर्दा न त चलचित्र क्षेत्रलाई नाफा हुन्छ न त चलचित्र पत्रकारितालाई नै ।

कोरोना महामारीका कारण यतिवेला चलचित्र क्षेत्रमा खासै काम छैन तर काम छैन भन्दैमा एक अर्कालाई मिडियामा विवादमा ल्याउने काम गर्नु भनेको अर्थहिन जस्तै हो । वर्तमान समयमा जसरी कलाकार र चलचित्र पत्रकार अझ भनौ रजतपट संचालक प्रकाश सुवेदि र नायिका पुजा शर्मा विच विवाद चलिरहेको छ यसले चलचित्र क्षेत्रको खासै राम्रो शन्देश दिदैन । अन्र्तराष्ट्रिय स्तरमा पनि नेपाली चलचित्र क्षेत्रको अपमान हुने देखिन्छ ।

केहि दिन अघि चलचित्र पत्रकार राजन घिमिरेले भने जस्तै मिल्नुको विकल्प छैन । गल्ती गर्ने पक्षले माफि मागिसेकेको छ भने यसलाई अव सेलाउन दिएर चलचित्र क्षेत्रको भविष्यबारे सोच्नु पर्दछ । साथै चलचित्र पत्रकारहरुको अभिभावकत्व ग्रहण गरेको संस्था चलचित्र पत्रकार संघले पनि यसमा विशेष खालको भूमिका निर्वाह गर्नु पर्दछ ।

धेरै भ्युज बढाउने उदश्यले उत्तेजक शिर्षक राखि जसरी आजभोलि पत्रकारिताको नाममा व्यापार भईरहेको छ त्यसलाई रोक्न चलचित्र पत्रकार संघले भूमिका निर्वाह गर्नुपर्दछ । यसैगरी विभिन्न संघ–संस्थाहरुले चलचित्र क्षेत्रमा यस्ता खालका विवादहरु निम्त्याउन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ । यस्तो महामारीका वेला विवाद नगरी सवै एक आपसमा मिलेर चलचित्र क्षेत्रलाई चलायमान बनाउन तिर केन्द्रित हुनुपर्दछ । अनि मात्र नेपाली चलचित्र क्षेत्र समस्याका विच पनि विचलित नभई पहिलाको जस्तै गरी गतिशिल हुन सक्दछ ।

लेखक चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका निवर्तमान अध्यक्ष हुन् ।

लेखकको बारेमा थप जानकारीका लागि तलकाे लिकंमा क्लिक गर्नुहोस ।

https://www.facebook.com/dhrubarajneupane.drn