खाइपाइ आएको सेवा सुविधा खोसिएपछि करार प्राध्यापक संघको विरोध । ग्रेडका मामिलामा दोहोरो नीतिभन्दै ध्यानाकर्षण । ।

मङि्सर २६, २०७७     सम्पूर्ण कुरा


मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत करार प्राध्यापक संघले गत साउन महिना देखि आफूहरुले खाइपाइ आएको ग्रेड कट्टा गरीएको भन्दै विश्वविद्यालयमा ध्यानाकर्षण गराएका छन् । करार अवधिमा चार वर्ष काम गरेका तर गत वर्ष मात्र स्थाइ भएकाको तलबमा ग्रेड निरन्तर हुनु तर आफूहरुले खाइपाइ आएको ग्रेड कट्टी हुनु अन्याय भएको भन्दै उनीहरुले यस सम्बन्धमा विश्वविद्यालयका पदाधिकारीलाई समेत ध्यानाकर्षण गराएको बताएका छन् । करार प्राध्यापक संघद्वारा आज प्रकाशित विज्ञप्तीमा भनिएको छ , स्थायी शिक्षक कर्मचारीको करार हुँदा देखिको ग्रेड जोड्ने तर करारको खाइपाइ आएको ग्रेड समेत काट्ने विश्वविद्यालयको दोहोरो नीति प्रति गम्भिर आपत्ति प्रकट गर्दछौं ।
विज्ञप्तीमा नेपालका त्रिवी लगायत अन्य विश्वविद्यालयहरुले करारहरुलाई पनि ग्रेड उपलब्ध गराइरहेको अवस्थामा मध्यपश्मिाञ्चल विश्वविद्यालयले नीतिगत रुपमै करारलाई ग्रेडबाट बञ्चित गर्ने गरी आगामी विश्वविद्यालय सभामा समेत यो प्रस्ताव पेश गर्न लागेको भन्दै उक्त प्रस्तावको खारेजिको माग समेत गरीएको छ ।
यसैगरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नीतिगत रुपमै करारलाई ग्रेडबाट बञ्चित गर्ने गरी काठमाडौंमा हुन गइराखेको आगामी विश्वविद्यालय सभामा उक्त प्रस्ताव पेश हुन लागेको भन्दै प्रस्तावको खारेजिको माग गरीएको छ । उक्त माग पुरा नभएमा चरणबद्ध आन्दोलनको घोषण गर्नेछौं विज्ञप्तीमा भनिएको छ ।