१७ बुँदे लुम्विनी घोषणा पत्र जारी गर्दै नेपाल शिक्षक संघ लुम्विनी प्रदेशको तेस्रो प्रतिनिधि सभा सम्पन्न

चैत ०८, २०७७     सम्पूर्ण कुरा


१७ बुदे लुम्विनी घोषणा पत्र जारी गर्दै नेपाल शिक्षक संघ लुम्विनी प्रदेशको तेस्रो प्रतिनिधि सभा लुम्विनीमा सम्पन्न भएको छ । संघका लुम्विनी प्रदेश अध्यक्ष अर्जुनकुमार योगीको सभापतित्व एंव नेपाली काग्रेसका नेता डा रामशरण महतको प्रमुख आतिथ्यतामा संघको तेस्रो प्रतिनिधि सभा सम्पन्न भएको हो ।
लुम्विनी प्रदेशभित्र रहेका १२ वटै जिल्लाका नेपाल शिक्षक संघका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न प्रतिनिधिसभाले १७ बुदे लुम्विनी घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा सरकार र शिक्षक महासंघबिच भएको ३० बुदे सम्झौता कार्यान्वयन गर्नुपर्ने, शिक्षक अस्पतालको ब्यवस्थापन गर्नुपर्ने, संवैधानिक शिक्षा आयोगको गठन गर्नुपर्ने, बालबिकास, विद्यालय कर्मचारी, राहत शिक्षक साविकको उच्च मा.वि शिक्षक, प्राविधिक धारका शिक्षकलाई दरवन्दी कायम गरी स्थायी गर्नुपर्ने, बालबिकासमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीलाई नेपालको श्रम कानुन अनुसार तलव दिनुपर्ने, प्रावि शिक्षकको गे्रड समायोजन गर्नुपर्ने लगायतका रहेका छन ।
प्रतिनिधिसभाले संघका लुम्विनी प्रदेश अध्यक्ष अर्जुनकुमार योगीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम, उपाध्याक्ष महिला शान्ति योगीको महिला प्रतिवेदन, महासचिव लालप्रसाद पङगेनीको सांगठनिक प्रतिवेदन, महासचिव अर्थ सीता शर्माको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रमको उदघाटन गर्दै पूर्व अर्थमन्त्रि एंव नेपाली काग्रेसका नेता डा रामशरण महतले कम्यूनिष्टको नेतृत्वमा बनेको वर्तमान सरकारका कारण देशको आर्थिक बृद्धि हुनै नसकेको दावी गर्नुभयो । अहिलेको सरकार सत्ता लुछाचुडीमा लिप्त भई देशको बिकासलागि कुनै योजना ल्याउनै नसकेको बताउउनुभयो । बढ्दो भ्रष्टाचार, दीर्घकालिन योजनाको अभाव लगायतका कारणले अहिले नेपालको बैदेशिक ऋण बढेको उहाँको आरोप छ । “मूलकको आर्थिक अवस्था जर्जर हुदै गएको छ”—पूर्व अर्थमन्त्रि महतले भन्नुभयो—“काग्रेसले सरकार छोड्दा नेपालीको प्रतिब्यक्ति ऋण २३ हजार मात्रै थियो अहिले बढेर ४० हजार पुग्यो ।” अहिलेको सरकारको काम गर्ने तरिका सुशासनको अभाव र दण्डहिनता बढेकै कारण बिश्वका दातृ संस्थाहरुले नेपाललाई विश्वास गर्न छाडेको महतको जिकिर छ ।
कार्यक्रमका बिशिष्ट अतिथि नेपाल शिक्षक संघका संघीय अध्यक्ष राजेन्द्रराज पौडेलले नेपाल शिक्षक महासंघको वर्तमान नेतृत्व सत्तासँग साठगाठ गरेकै कारण सरकार र नेपाल शिक्षक महासंघबिच भएको ३० बुदे सम्झौता कार्यान्वयनमा ढिलाई भएको बताउनुभयो ।
प्रतिनिधिसभामा संघले तोकेका सांगठनिक लगायतका बिभिन्न उत्कृष्ट कृयाकलाप गर्ने जिल्लाका रुपमा नेपाल शिक्षक संघ दाङलाई सम्मान गरिएको छ । त्यस्तै, महिला अध्यक्ष भएका जिल्लाहरुको उत्कृष्टका रुपमा नेपाल शिक्षक संघ प्यूठानलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली काग्रेस कपिलबस्तुका सभापति सुरेन्द्र आचार्य, पाल्पाका सभापति बिरबहादुर राना, गुल्मीका सभापति भूवन श्रेष्ठ, अर्घाखचाीका सभापति बिष्णुमुष्कान खनाल, रोल्पाका सभापति अमर पुन संघका संघीय उपाध्यक्ष अमरबहादुर खड्का, महासचिव सोमनाथ गिरी, नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मिकिशोर सुवेदी, उपमहासचिव धना भण्डारी, संघका केन्द्रीय सदस्यद्धय शालिकराम के सी र नेत्रलाल न्यौपाने, पूर्व उपमहासचिव ज्ञानेन्द्र रावल, सुशिला सुवेदी, महासंघको केन्द्रीय सदस्य द्रोण वली लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा धन्यवाद ज्ञापन संघका प्रदेश उपाध्याक्ष कृष्ण पौडेलले गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण नेपाल शिक्षक संघ लुम्विनी प्रदेशका महसचिव लालप्रसाद पंङ्गेनीले गर्नु भएको थियो ।