बाल्यकालको त्यो चलचित्र मोह

चैत १४, २०७७     शर्मिला डिसी



शनिवारको दिन यसैपनि विदाको दिन अलिक ढिला उठ्ने मेरो बानी नै वसिसकेको छ । सुतिरहेकी म विहानै घर छेउको सानीले आफ्नी आमालाई एकोहोरो जिद्धि गर्दै भनिरहेकी थिईन मामु आज फिल्म हेर्न जाने है हस भनिस्यो न प्लिज, त्यो मिठो बालापनको तोते वोलिसंगै झसङग भएर विउझिएकि म घडि हेर्दा विहानको ८ वजिसकेको थियो
सानिको त्यो चलचित्र प्रतिको मोहले आफनो बालापनको फेरी एक पटक पुरै स्मरण गर्न वाध्य वनायो र सम्झिए ति दिनहरु ।

अहिले वषौं वितिसक्यो कुनै सिनेमा हलसम्म पुगी पुरा समय दिएर ध्यान दृष्टिका साथ हेरेको छैन भनौ, समय अनुकुल नभएर हो या मन नभएर यसै दिनहरु वितिरहेका छन । कुन साल हो अहिले ठ्याकै सम्झन सकेन जति वेला बालापन संगै पहिलो नेपाली चलचित्र आँधिबेहरी हेर्न घर नजिक पर्ने श्री महाँलक्ष्मी चलचित्र मन्दिर नारायणपुरमा दादाको काँधमा वसेर गएको थिए यो क्षण पलपल सम्झना आउछ, साथमा दिदिपनि जतिवेला नेपाली चलचित्र प्रति मानिसको रुचि अत्यधिक थियो । बालवालिका,युवायुवती देखी जेष्ठनागरीक सम्मको एकदमै लोकप्रिय मनोरञ्जनको माध्यम नै पहिलो नम्वरमा चलचित्र वनेको थियो तर अहिले आएर ति दिनहरु सम्झदा आफै लाई ईतिहाँस जस्तो लाग्छ । जसलाई थेक्न नसकेर ४ सिफ्टमा सिनेमा देखाउने गरिन्थ्यो । विहान १, दिउसो २ र रातिको समयमा १ शो । विहान दिउसोको समयमा वस्नलाई ठाँउ पाउनै मुस्किल हुने भएका कारण कैयौ फिल्म रातको समयमा घर परिवारका सवै जना संगै गएर रातीको समय ११, १२ वजे फर्किएको याद अहिले नि ताजै वनेर मानसपटलमा वसेको छ ।

आफैलाई पनि अचम्म लाग्छ अत्यधिक भिड थिचोलेर टिकट लिन जान नसक्ने त्यो पल, राम्रो ठाँउमा वसेर फिल्म हेर्न नपाएको त्यो क्षण, कतै ठाँउ नपाएर ढोकाछेउ वाट भुुईमा वसेर आधामात्र फिल्म हेरेको त्यो समय ओहो अहिले सम्झदा नि आफैलाई कस्तो कस्तो लाग्छ । अँ साच्चि त्यस्तो पनि दिन थियो आफैले भोगेको ।
त्यो बालापन, ति शान्त र सुरक्षित चाँदनी रातहरु संगै आमाबाबा सहित पारिवारीक त्यो साथमा फिल्म हेरेर फर्किएका ति दिनहरु आहा ।

सम्झदा नि कति आनन्द आउछ,म मात्र होईन बालापन सवै सवैको उस्तै मनोरम हुनेगर्दछ ।
समयको परिवर्तन संगै अहिले कहाँ पुग्यो सिनेक्षेत्र,किन सुनसान छन सिनेमा हलमा ? जनघनत्वको अवस्था घट्यो भनौ भने दैनिक जसो वाक्लिदै गएको छ मानिसको जनसंख्या तर पनि किन सुनसान छन सिनेमा हल ? यति भनिरहदा त्यो समयका धेरै सिनेमा सामाजिक परिवेशका वनेका हुन्थे र वढि लोकप्रिय वन्थे भन्ने मात्र होईन केहि मात्रामा अहिले नि राम्रै चलचित्र निर्माण हुन्छन तर पनि सोचे अनुरुप वजार नपाएको अवस्था छ ।

जसले गर्दा यो क्षेत्रलाई पेशा र व्यवसाय वनाएका व्यक्तिमा निरासा छाएको छ । त्यसकारण नयाँ प्रविधिसंगै वढेको सिनेक्षेत्रको महंगोपना जस्तो आफनो गाँउ, ठाँउ, परिवेस, देश छोडेर वाहिर देश लाई प्रथमिकतामा राखी वढी सिनेमा रिलिज हुने प्रचलन साथै एउटै कलाकारको माग राखेर धरै मुल्य तोक्नेरदिने प्रचलन यसले पनि सिनेमा क्षेत्रमा अलि धक्का लागेको पो हो कि यो महसुस गर्न जरुरी छ । किन हामि आफैले महंगो वनाउछौ जुनसुकै चिज ?अन्तमा समयमै विषेश ध्यान पुर्याएर नसके यहि अनुरुप अगाडि वढेको यो सिने क्षेत्र धरापमा पर्ने सम्भावना देखिएको छ । त्यसैले यसतर्पm स्थानिय तह, प्रदेश र संघिय सरकार साथै सरोकारवालाको विषेश आँखा पुग्न जरुरी छ । जसले गर्दा विभिन्न वहानामा मोवाईल, कम्प्युटर र ल्यापटपमा निकै व्यस्त हुने अवको नयाँ पुष्ता र आम नागरिकले सधै नभए पनि विदाको दिनमा आनन्द मनोरञ्जनको ठाँउको रुपमा सिनेमा हल सम्म पुग्ने सुनौलो अवसर प्राप्त गर्न सकुन ।

लेखक नेपाल पत्रकार महासंघ दाङ शाखाकी सह–सचिव हुनुहुन्छ । लेखकको वारेमा थप जनाकारी लिन तलको लिकंमा क्लिक गर्नुहोस ।

https://www.facebook.com/sarmila.dc.7