लागुपदार्थ दुर्वेसनी शीर्षकको सडक नाटक प्रदर्शन

असोज १४, २०७८     लक्ष्मण बस्नेत


मेरिगोल्ड ईङलिश बोर्डिङ स्कुल तुलसिपुर ७ मा अध्ययनरत छात्र/ छात्राहरु ले आज बिहिवार लागू पदार्थ दुर्वेसनी सम्बन्धी सडक नाटक प्रदर्शन गरेका छ्न् ।
लागू पदार्थ सेवन ले मानव जनजिवन र सिङ्गो समाजमा पार्न सक्ने असर झल्काउन र कुलतको दलदल बाट युवा तथा बालबालिका लाई कसरी बचाउन सकिन्छ भन्ने उदेश्य ले लागू पदार्थ दुर्वेसनि शीर्षक को सडक नाटक प्रदर्शन गरिएको हो । मेरिगोल्ड ईङलिस स्कुलका प्रधानाध्यापक बासुदेव रिजालको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न ७ का अध्यक्ष टोप बहादुर केसिको प्रमुख आतिथ्यमा बिधालयमा अध्ययनरत कक्षा ९ र १० का छात्र/ छात्रा हरु को अभिनय रहेको नाटक राप्ती शान्ती उद्यान गणेशपुर पार्कमा प्रदर्शन गरिएको थियो ।
सो अबसरमा बोल्ने बक्ताहरुले प्रस्तुत नाटकले लागू पदार्थ दुर्वेसनी न्युनिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने गर्ने बताएका थिए ।कार्यक्रममा प्रमुख अतिथी टोप बहस्दुर केसि,राप्ती शान्ती उद्यान पार्कका अध्यक्ष डिल्ली भण्डारी,नयाँ पाईला पुनस्थापना केन्द्र बिजौरीका संचालक सुरेश भुसाल,युवा समासेवी हरि खनाल,सौरव सुवेदी लागाएतले बोल्नु भएको थियो ।
कार्यक्रमको संचालन बिधालयका सहायक प्रधानाध्यापक सोम राज बस्नेत ले गर्नु भएको थियो ।