साफ च्याम्पियनसिपमा नेपाल र श्रीलंका भिड्दै

असोज १८, २०७८


असोज १८, साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपाल र श्रीलंकाबीच खेल हुन लागेको छ । मालदिभ्सको माले स्थित राष्ट्रिय फुटबल स्टेडियममा राति ९ः४५ बजे नेपाल र श्रीलंकाको खेल हुनेछ । यसअघि मालदिभ्ससँगको खेलमा नेपालले जित निकालेको थियो । नेपाली टोलीका कप्तान किरण चेम्जोङले श्रीलंकाविरुद्ध जितका लागि मैदानमा उत्रिने बताएका छन् ।

तर, श्रीलंकासँगको खेल चुनौतीपूर्ण हुने उनको भनाइ छ । श्रीलंकाले यसअघिको खेलमा बंगलादेशसँग पराजय भोगेको थियो । आजको खेलमा श्रीलंका पनि पहिलो जित निकाल्ने योजना सहित मैदानमा उत्रिनेछ । आजै दिउसो ४ः४५ बजे भारत र बंगलादेशबीच खेल हुनेछ ।