मूल्यवृद्धिको विरोधमा विप्लवका विद्यार्थीले घेरे आयल निगम
चैत ०६, २०७८
चैत ६, पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् । आइतबार विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग राख्दै निगममा घेराउ गरेका हुन् ।
उनीहरुले मूल्यवृद्धि खारेज गरु, बढ्दो महँगी नियन्त्रण गरु लगायत नारा लगाएका छन् । त्यस्तै उनीहरुले पेट्रोलियम पदार्थ घटाएर विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने जनाएका छन् । पछिल्लो पटक वृद्धि भएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५५ र डिजेल तथा मट्टीटेल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । निगमले भने मूल्यवृद्धि गर्दा पनि घाटा नै रहेको बताउदै आएको छ ।






