दाङमा बाढीले बगाउँदा बालिकाको मृत्यु

बैशाख १९, २०७९


दाङ १९ वैशाख

दाङमा बाढीले बगाउँदा एक ब्यक्तीको मृत्यु भएको छ ।

दाङको बबई गाउँपालिका वडा नंं ४ स्थित चाइकेरे चोकमा रहेको खोलाले बगाउँदा सोही ठाउँका १५ बर्षीय सन्ध्या परियारको मृत्यु भएको छ ।

सोमबार दिउसो परेको अबिरल बर्षादपछि आएको भेलले बगाउँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

उनका अनुसार उनी जनकल्यान माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत हुन् ।