तीन लोकदोहोरी गायकले गाए काँग्रेसको चुनावी गीत

बैशाख २१, २०७९


स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका चुनावी गीत आउने क्रम बढ्दो छ । यस्तैमा नेपाली लोकदोहोरी क्षेत्रका चर्चित गायकहरू कुलेन्द्र विश्वकर्मा, रामजी खाँड र कस्तुप पन्तको स्वरमा ‘रुख चिन्हमा भोट हालौँ’ बोलको गीत ल्याएका छन् ।

स्थानीय निर्वाचनमा नेपाली काँग्रेसलाई सघाउने उद्देश्यले ल्याइएको गीतले सामाजिक सञ्जालदेखि बजारसम्म प्रथामिकता पाएको छ । कस्तुप पन्तकै शब्द तथा संगीत रहेको गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका हुन् । वीपी कोइरालालाई हजुरबुवा सम्बोधन गर्दै काँग्रेसको नीति र चुनाव चिन्हको व्याख्या गर्दै गाइएको गीतको भिडियो भने बिभिन्न समयमा तस्बिर, भिडियो समेटेर तयार गरिएको छ ।