निर्वाचनलाई अपागंमैत्री बनाउन माग

बैशाख २२, २०७९


तुलसीपुर २२ बैशाख ।

आसन्न स्थानीय तह निर्वाचनलाई अपाङ्गतामैत्री बनाउन अनुरोध गर्दै राप्ती बहिरा संघले निर्वाचन अधिकृतहरुलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय अपागं महासंघ लुम्बिनीका सहसचिव तथा राप्ती बहिरा संघका सल्लाहकार अजयकुमार शर्माको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय र इलाका प्रशासन कार्यालय तुलसीपुरमा ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्रमा मतदान केन्द्र र समग्र मतदान प्रकृया अपागंतामैत्री बनाउनु पर्ने माग समेटिएको छ । साथै संघले जिल्लाका सम्पूर्ण स्थानीय तहमा ज्ञापन पत्र बुझाउने बताएको छ । निर्वाचन अधिकृतहरुले ज्ञापन पत्रका मागहरु सम्बोधन गर्दै निर्वाचनलाई पूर्ण रुपमा अपागंतामैत्री बनाउने लिखित प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ज्ञापन पत्र बुझाउने कार्यक्रममा राप्ती बहिरा संघका सचिव डम्मर वली, वडा स्तरीय अपागंता सञ्जालकी तेजकुमारी भुसाल,कार्यक्रम संयोजक बसन्ती वलीको सहभागिता रहेको थियो ।