आज थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

बैशाख २३, २०७९


काठमाडौ,२३ बैशाख ।

गत २४ घन्टामा देशभर १७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ४ सय ५३ कोरोना परीक्षण गर्दा १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । गत २४ घन्टामा २ हजार ४ सय ५० आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १५ र १ हजार ३ एन्टीजेन परीक्षण गर्दा शून्यमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये १७ जना स्वस्थ भएका छन् । योसँगै कोरोनाबाट सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६६ हजार ७ सय ४७ पुगेको छ। गत २४ घन्टामा देशभर ८४ हजार ६ सय २१ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय १५ रहेको छ । गत २४ घन्टामा देशभर कसैको पनि कोरोनाका कारण मृत्यु नभएको पनि मन्त्रालयले जनाएको छ ।