नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

बैशाख २४, २०७९


गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद ९राखेप० ले शनिबार एक कार्यक्रममा गर्दै युवा तथा खेलकुद मन्त्रि महेश्वर गहतराज र राखेपका सदस्यसचिब टंकलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गरे।

यस्तै नवौंको नारा समेत सार्वजनिक गरिएको छ । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन् । लोगो र मस्कट खुल्ला छनोट खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । नवौं जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ । नवौं राष्ट्रिय खेलकुदको नारा एकताबद्ध देश, खेलकुदको सन्देश रहेको छ ।