नेपालले टस जितेर जिम्बावेविरुद्ध फिल्डिङ गर्दै

बैशाख २४, २०७९


काठमाडौं २४ वैशाख ।

जिम्बावे एविरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दैछ । त्रिवि मैदानमा टस जितेपछि नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

यो खेलमा सुनिल धमला लामो समयपछि टिमको पहिलो रोजाइमा परेका छन् भने विनोद भण्डारीले आजको खेलमा विकेटकिपिङ सम्हालिरहेका छन् । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल जिम्बाबे ए सँग ३ विकेटले पराजित भएको थियो ।

तीन खेलको टी-२० शृङ्खलापछि यी दुई टोली एक दिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी-२० शृङ्खलामा दुवैले एक(एक खेल जित्दै शृङ्खला बराबरी गरेका थिए । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

नेपालको प्लेइङ ११

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, सुनिल धमला