थप २१ जनामा कोरोना संक्रमण पुष्टि

बैशाख २८, २०७९


पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८८ जनामा कोरोना परीक्षण हुँदा २१ जनामा पुष्टि भएको हो ।

सोही अवधिमा १६ जना संक्रमणमुक्त हुँदा मृत्यु संख्या भने शून्य रहेको छ । हाल देशभर सक्रिय संक्रमित १८७ जना रहेका छन् ।