डिबालाले युभेन्ट्स छाड्ने
जेठ ०२, २०७९
अर्जेन्टिनाका स्टार खेलाडी पाउलो डिबालाले इटालियन क्लब युभेन्ट्सका क्लब छाड्ने भएका छन् । उनले सिजको अन्त्यसँगै क्लब छाड्ने समाजिक सञ्जालमा लेखेका हुन् ।
डिबाला सन् २०१५ मा पालेर्मोबाट युभेन्ट्स आएका थिए । २८ वर्षीय डिबालाले युभेन्ट्सका लागि २९१ खेलमा ११५ गोल गरिसकेका छन् ।
युभेन्ट्सका लागि डिबालाले ५ सिरी ए उपाधि सहित कुल १२ उपाधि जितेका छन् । यो सिजन भने युभेन्ट्सले उपाधि जित्न सकेन ।