युगान्डाविरुद्धको चौथो खेल : नेपाललाई जितको आशा

जेठ ०६, २०७९


युगान्डाविरुद्धको पाँच टी- ट्वान्टी खेल शृंखला गुमाइसकेको नेपाली महिला टोली चौथो खेलमा शुक्रबार मैदान उत्रँदा सान्त्वना जितको खोजीमा हुनेछ । खेल एक बजे किर्तीपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।

शृंखलाको पहिलो खेलबाटै देखिएको ब्याटिङ र फिल्डिङको समस्याले तेस्रो खेल सम्म पनि निरन्तरता पाउँदा नेपालले शृंखला गुमाएको थियो । घरेलु मैदानमा सम्पन्न पहिलो शृंखला जित्ने लक्ष्य लिएको नेपाल कम्तीमा अन्तिम दुई खेलमा जित निकाल्न चाहन्छ ।

पहिलो खेलमा युगान्डालाई १२ रनको नतिजा सुम्पिएको नेपालले दोस्रो र तेस्रो खेलमा क्रमशः एक र ६ विकेटको नतिजा सुम्पिएको थियो । नेपालले युगान्डाविरुद्ध तीन खेलमा मात्र दुई यस ९३ रन जोडेको छ । पहिलो खेलमा ९२ रनमा सीमित भएको नेपालले दोस्रो खेलमा एक सय दुई रनको योगफल खडा गरेको थियो । तेस्रो खेलमा भने नेपाल ९९ रनमा सीमित भएको थियो ।