बर्षायाम नजिकिदै गर्दा दाङमा शसस्त्र प्रहरिद्वारा उद्दार र ब्यबस्थापनको अभ्यास
दाङ, १७ जेष्ठ । बर्षायाम नजिकिदै गर्दा बाढिबाट जोगिन दाङमा उच्च सतर्कताको अभ्यास गरिएको छ । ठुलो बाढि आएर प्रत्यकबर्ष ठुलो जनधनको क्षेति पुर्याउदै आएको राप्ति नदिमा शसस्त्र प्रहरिद्वारा बाढिले गर्न सक्ने मानबिय तथा भौतिक क्षति कम गर्न उद्दार र ब्यबस्थापनको अभ्यास सम्पन्न गरिएको हो ।
दाङ जिल्ला बिपद ब्यबस्थापन समितिको आयोजना तथा सशस्त्र प्रहरिबल नेपाल नम्बर २९ गण ज्वालामाई भालुवाङको समन्वयमा बिपद ब्यबस्थापन सम्बन्धि तालिमप् सशस्त्र प्रहरि निरिक्षक राप्त प्रकाश कुमार साहिको कमाण्डमा खटिएको २५ जनाको टोलिले जल उत्पन्न प्रकोप अन्तर्गत वाटर रेस्क्यु सेमुलेसन कार्यक्रम प्रदर्शन गरेको भालुवाङका गणपति बिनोद केसिले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो । सो अबसरमा बिभिन्न सुरक्षा युनिटका प्रमुख एवम प्रतिनिधिहरु, जनप्रतिनधिहरु, कर्मचारि, स्वास्थ्यकर्मि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । यस अघिका बाढिहरुमा राप्ति नदिबिचमा फसेका नागरिकहरुलाई नेपाली शेना, सशस्त्र प्रहरि र नेपाल प्रहरिले बिभिन्न समयमा उद्दार गर्दै आएका थिय ।