प्रेस चौतारी दाङको समीक्षात्मक बैठक

जेठ १८, २०७९


दाङ १८ जेठ ।

 प्रेस चौतारी दाङले स्थानीयतहको चुनावी समीक्षा बुधवार घोराहीमा गरेको छ । बैठकले पार्टीका उमेदवारहरुलाई जिताउन संगठनले महत्वपुर्ण भूमिका खेल्न सफल भएको भन्दै निर्वाचनमा खटने सवै सदस्यहरुप्रति धन्यवाद ज्ञापन गरेको छ । बैठकले नेकपा एमालेबाट निर्वाचित सम्पुर्ण जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

बैठकले संगठनका लुम्बिनी प्रदेश कमिटि सदस्य ओमप्रकाश गुप्तालाई तत्तकाल पुर्व जिम्मेवारीमा बसेर काम गर्ने वातावरण निर्माण गर्न रेडियो राप्ती सञ्चालक समितिको ध्यानाकर्षण गराउने र लामो समयदेखि रोकिएको पारिश्रमिक तत्तकाल उपलब्ध गराउन माग गर्ने निर्णय गरेको चौतारी दाङका सचिव किरण गौतमले वताए ।