सन्तोष र शान्तिश्रीको ‘फुर्के मदानी’ सार्वजनिक (भिडियोसहित)

जेठ २१, २०७९


काठमाडौं । विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ र शान्तिश्री परियारको सुमधुर स्वरमा ‘फुर्के मदानी’ बोलको गीत रिलिज भएको छ । शुक्रबार सार्वजनिक भएको गीतमा संगीत पनि श्रेष्ठकै रहेको छ।

हरिश निरौला “कक्रोज” र करिश्मा ढकाल ले अभिनय गरेको गीतमा चन्दप्रसाइँ ‘परिस्कृत’को शब्द रहेको छ।

राजु कार्कीको एरेञ्ज रहेको गीतलाई रेकर्डिङ अजयसिंह कार्की र मिक्सिङ प्रकाश मिश्रले गरेका छन् । म्युजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् ।