दाङका बच्चाहरुकालागि क्षयरोगको औषधी अभाब

जेठ २१, २०७९


तुलसीपुर, २१ जेठ ।

दाङमा क्षयरोगका विरामीको औषधी अभाब भएको छ । बच्चाहरुकालागि आबश्यक पर्ने एचजेठआर नामक औषधी अभाब रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका क्षयरोग फोकल पर्सन रेणु आचार्यले बताउनुभयो ।

उहाँका अनुसार प्रदेशबाटै औषधी आपूर्ति नहुँदा यस्तो समस्या देखिएको उहाँले बताउनुभयो । “ठूलो उमेरमा मानिशहरुकालागि औषधीको खासै समस्या देखिएको छैन”,उहाँले भन्नुभयो“तर, बच्चाहरुकालागि निकै समस्या रहेको छ।” जिल्लाका हरेक अस्पतालहरुमा यो औषधी अभाब भएपछि औाषधी माग्न प्रादेशिक अस्पतालमै पुग्ने गरेको समेत उहाँले बताउनुभयो । हाल प्रादेशिक अस्पतालमा १४ बर्ष मुनिका ७ जना बच्चाहरुले औषधी लिइरहेका छन् ।

साथै १४ बर्षदेखि माथिका डेढसय जतिले औषधी लिइरहेको आचार्यले बताउनुभयो । जिल्लामा १५ दिनदेखि औषधी अभाबको समस्या रहेको छ । औषधी आपूर्तिकालागि प्रदेश र केन्द्रमा पनि पहल भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले बताउनुभयो । औषधी लिइरहेका विरामीहरुलाई औषधी छुटाउनै नहुँने भएकाले यो औषधी अभाब भएमा विरामी मारमा पर्ने भन्दै तत्काल औषधी आपूर्ति गर्ने बताउनुभयो ।