प्रथम सन्तोष स्मृति कप फुटबलमा मंगलबार सेमिफाइनलका खेल हुने

जेठ २३, २०७९     लक्ष्मण बस्नेत


२३ जेठ दाङ ।
दाङको तुलसिपुरमा जारी प्रथम सन्तोष स्मृति कप फुटबल प्रतियोगिता २०७९ लास पकलेवा र चितवन खैरेनी कृषि कलेज सेमिफाइनल प्रवेश गरेका छन् ।
क्याम्पस अफ लाईभ साईन्सेस् तुलसिपुरको आयोजनामा संचालित प्रतियोगिताको सोमबार सम्पन्न पहिलो क्वाटर फाईनल खेलमा पृथु कृषि कलेज लमहि लाई शन्यूका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै लास् पकलेवा कृषि कलेजले सेमिफाइनल यात्रा तय गर्‍यो । खेलमा जर्सी न १४ का उत्सब बस्नेतले पहिलो हाफ्को २३ औ र दोस्रो हाफ्को १७ औ मिनेटमा गोल गरे ।
त्यस्तै क्याम्पस अफ लाईभ साईन्सेस् तुलसिपुर बि लाई एक शून्य गोल अन्तरले पराजित गर्दै चितवन खैरेनी कृषि कलेजले सेमिफाइनल यात्रा तय गरेको हो । कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको दोस्रो हाफ्को १९ औ मिनेटमा खैरेनिका जर्सी न ११ का दामोदर पोख्रेल ले निर्णायक गरे ।
यसैबीच प्रतियोगिता अन्तरगत भोलि मंगलबार बिहान मेट्रो कलेज तुलसिपुर र पकलेवा कृषि कलेज बिच पहिलो सेमिफाइनल खेल हुनेछ । त्यस्तै दिउँसो ४ बजे हुने दोस्रो सेमिफाइनल खेलमा क्याम्पस अफ लाईभ साईन्सेस् तुलसिपुर ए र लास् पकलेवा कृषि कलेजले बिच हुनेछ । जेठ २५ गते सम्म संचालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले नगद ३५ हजार, कप मेडल,तथा प्रमाणपत्र हात पार्नेछ ।त्यस्तै उपबिजेता टिमले नगद १५ हजार, मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजक क्याम्पस अफ लाईभ साईन्सेस् तुलसिपुरका एकाडेमिक एड्भाईजर मनोज बस्नेतले जानकारी दिनु भएकोछ ।