नेसन्स लिग : इटालीमाथि जर्मनीको सानदार जित

असार ०१, २०७९


यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले इटालीलाई हराएको छ । मंगलबार राति भएको खेलमा जर्मनीले इटालीलाई ५-२ गोल अन्तरले हराएको हो ।

जर्मनीलाई जित दिलाउन टिमो वेर्नेरले दुई गोल गरे । जोसुवा किमिच, इल्के गुण्डोगान, थोमस मुलरले एक एक गोल गरेका थिए । इटालीका विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले एक एक गोल गरेका थिए ।

यस जितसँगै जर्मनी लिग ए समूह ३ को दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीले ४ खेलमा ६ अंक जोडेको छ । इटाली ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।