दाङ जिल्ला भलिबल संघको अध्यक्षमा : पोख्रेल

असार ०९, २०७९


लक्ष्मण बस्नेत । असार ९, दाङ जिल्ला भलिबल संघको अध्यक्षमा कमल पोख्रेल चयन हुनु भएको छ । संघको आज बिहिबार तुलसीपुरमा सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनले पोख्रेल अध्यक्ष रहेको संघको ११ सदस्यीय नयाँ नेतृत्व सर्वसहमतिले चयन गरेको हो । जसको उपाध्यक्षमा भरत कवर, महासचिव लक्ष्मण बस्नेत, कोषाध्यक्ष लता थापा हुनुहुन्छ । यस्तै संघको सदस्यहरुमा सन्तोष राना, बिरेन्द्र डागी, राजु ऎरि, संगिता शाह, दिपेश गुप्ता र राजेन्द्र बोहरा रहनु भएको छ ।
यसैबीच संघको सल्लाहकारमा केदार राज श्रेष्ठ, देवेन्द्र बैरागी, शिव कुमार थापा, चुर्ण बहादुर नेपाली, ईन्द्रध्वज बस्नेत, भोज राज वलि, ओब बहादुर बिक चयन हुनुभएको छ । संघको आजै बसेको पहिलो बैठकले सल्लाहकार चयन गरेको हो । यस्तै बैठकले लुम्बिनी प्रदेश भलिबल संघको यहि असार ११ गते हुने अधिवेशनमा दाङ जिल्ला संघको तर्फबाट प्रतिनिधित्व गर्न संघका सल्लाहकार द्वय देवेन्द्र बैरागी र भोज राज वलि लाई प्रतिनिधि पठाउने निर्णय समेत गरेको संघका महासचिव लक्ष्मण बस्नेतले जानकारी दिनु भएको छ । यसैबीच संघको साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोह संघका उपाध्यक्ष शिव कुमार थापाको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलको प्रमुख आतिथ्य एवं नेपाल भलिबल संघका केन्द्रिय सचिव भिम वलिको बिशिस्ट आतिथ्य र दाङ जिल्ला खेलकुद बिकास समितिका निमित्त कार्यालय प्रमुख भिम लाल बिकको रोहवरमा भएको थियो ।
सो अबसरमा भलिबल पुर्व रास्ट्रीय खेलाडी, खेलप्रेमी लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन संघका महासचिव दिपक कुमालले गर्नु भएको थियो ।