किसान र उपभोक्ताविचको दुरि नजिक हुनुपर्ने दंगिशरण अध्यक्ष गिरीको जोड

असार २०, २०७९


प्रमोद आचार्य । दंगिशरण असार २0, दंगिशरण गाउँपालिकाको आयोजना, UKaid, विकास सरोकार समाज र practicle action, को साझेदारीमा संचालित समुन्नति परियोजना अन्तर्गत शमाबेशि बजार बिकाश प्रणालि सम्बन्धि १ दिने कार्यशाला गोष्ठी दंगिशरण गाउँपालिकाको शभाहलमा सम्पन्न भएकोछ । शान्तिनगर गाउँपालिका र दंगिशरण गाउपालिकाभित्रका सरोकारवालाहरुलाइ एउटै थलोमा राखेर उत्पादन भएका बस्तुको बजारिकरण गर्नका लागि समस्या ,र पहिचान कसरि गर्ने भन्ने सवालमा कार्यसाला गोष्ठीमा ब्यापक छलफल गरिएको हो । कृषि बस्तुको बजारिकरण समस्याका रणनीतिक कार्यक्रमहरुको पहिचान गरि योजना बनाएर अगाडि बढ्न कार्यशालाले सहयोग पुर्याउने परियोजना ब्यबस्थापक देबदत्त भट्टले जानकारी दिनुभयो दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरिको शभापतित्वमा सम्पन्न कार्यशाला गोष्ठीको समापन समारोहमा बोल्दै अध्यक्ष गिरिले किसानले उत्पादन गरेको कृषिजन्यबस्तुको मुल्य उपभोक्ता सम्म पुग्दा किसानले बेचेको मुल्यभन्दा दोब्बर मुल्यहुने र खास किसानले उचित मुल्य नपाइ बिचैमा बिचौलियाले लाभ लिने परिपाटि बन्द गर्नपनि बजार ब्यबस्थापन र बजारिकरणमा विशेषध्यान दिनुपर्ने बताउनुभयो । यसैबिच कार्यशाला गोष्ठीले पालिकास्तरिय समन्वय समिति समेत गठन गरेकोछ ।पालिका अध्यक्ष शम्भु गिरिको सयोजकत्वमा फरक फरक क्षेत्रका ६ सदस्यगरि ७ सदस्यीय समन्वय समिति गठन गरिएको हो ।