अन्तिम खेल अगावै भारतलाई सिरिज

साउन २२, २०७९


वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज भारतले जितेको छ । शनिबार राति भएको चौथो खेलमा घरेलु टोलीलाई ५९ रनले पराजित गर्दै भारतले सिरिज एक खेल अगावै जितेको हो ।

भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५ बल अगावै १ सय ३२ रनमा अलआउट भयो । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । दुई टोलीबीचको पाँचौं तथा अन्तिम टी(ट्वान्टी आइतबार हुनेछ ।