केन्याविरुद्ध नेपालको शानदार जित

भदौ १७, २०७९


काठमाडौं । आसिफ शेखको शतकप्रेरित नेपालले आज केन्याविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा ७ विकेटको विजय हासिल गरेको छ । 

नैरोबीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाएर २१८ रन बनाएको थियो । २१९ रनको लक्ष्य नेपालले ४७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका आसिफले ११० रन बनाए । आसिफले ओपनर अर्जुन साउदसँग पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरेका थिए ।अर्जुनले ६१ रन बनाए । 

त्यसपछि आसिफले ज्ञानेन्द्र मल्लसँग दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । ज्ञानेन्द्रले २४ रन जोडे । दीपेन्द्रसिंह ऐरीले १५ र कप्तानको जिम्मेवारीमा रहेका रोहितकुमार पौडेल ३ रनमा अविजित रहे । 

केन्याका भीसिल पटेल, राकेप पटेल र कोलिन्स ओबुयाले एक एक विकेट लिए । 

त्यसअघि केन्याका राकेप पटेलले ६७, कोलिन्स ओबुयाले ६२, सचिन भुडियाले २६ र इर्फान करिमले ३० रन बनाए । अन्यले उल्लेख प्रदर्शन गर्न सकेनन् । 

नेपालका सोमपाल कामी र करण केसीले समान ३ विकेट लिए । आदिल अन्सारी र पवन सराफले एक एक विकेट लिए । 

सिरिज अन्तर्गत दोश्रो खेल शनिवार १२:४५ बजे दिउँसो सुरु हुनेछ। यस अघि सम्पन्न टि-२० अन्तर्राष्ट्रिय सिरिज नेपालले ३-२ ले जितेको थियो।