विद्यार्थी कुटपिट घटना प्रति विद्यार्थी संगठनको गम्भिर ध्यानाकर्षण

भदौ २२, २०७९


तुलसीपुर, २२ भदौ ।

विद्यार्थी कुटपिट गर्ने विषयलाई लिएर तीन विद्यार्थी संगठनले आफ्ने गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियू दाङका संयोजक सर्जन परियार, अनेरा स्ववियू क्रान्तिकारी दाङका संयोजक गिरबहादुर महरा, अखिल क्रान्तिकारी दाङका खुमन पौडेल द्धारा संयु्क्त जारी प्रेस विज्ञप्ती घटना प्रति दुख व्यक्त गर्नुभएको छ ।

दाङको शान्तिनगर गाउँपालिका ३ मा रहेको बिपी कोइराला माध्यामिक विद्यालय पातेटाकुराका शिक्षक उदयराज भण्डारीले कक्षा ९ मा अध्यनरत विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात कुटपिट गरेपछि विद्यार्थी संगठनले कारबाहीको माग समेत गरेका छन् ।

विद्यार्थीको हात फ्याक्चर हुने गरि निर्घात कुटपिट गरेको घटनाले विद्यार्थीमा त्रासको वातावरण सृजना हुनु दुखद घटना भएको बताउँदै विज्ञेप्तीमा अमानवीय ढंगले पाइपको लठ्ठीले निर्मम तवरले पिट्नु गैरजिम्मेवार कदम भन्दै सम्बन्धित पक्षलाई तुरुन्त अनुसन्धान गरि उक्त शिक्षकलाई कार्बाहिको दायरामा ल्याउन जोडदार माग गरिएको छ ।

विज्ञेप्तीमा राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरमा उपचारत घाइते विद्यार्थी सुशील बुढाथोकीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको सम्पूर्ण खर्च पिडित परिवारलाई उपलब्ध गराउन हुन सम्वन्धित पक्षलाई हार्दिक अनुरोध समेत गरिएको छ ।