लमही–अमिलिया सडक अबरुद्ध
असोज ०१, २०७९

दाङ १ असोज ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–अमिलिया सडक खण्ड अबरुद्ध भएको छ ।
सोही खण्डको तिलकन्या खोला नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । त्यस्तै लमहीको पदमेनी सोता नजिकै रूख ढलेर सडकखण्ड पनि अवरुद्ध भएको छ । सडक अबरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ । सडक अबरुद्ध हटाउने कार्य भइरहेको छ ।