सक्रिय सङ्क्रमितको सङ्ख्या १,९६६ पुग्यो

असोज ०१, २०७९


देशभर थप ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ७४० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३५ तथा एन्टिजेन विधिबाट २८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ९६६ पुगेको छ ।