रानीको ‘म गुनासो के को गरुँ’ मा धिरेन र उषाको रोमान्स

असोज ०२, २०७९


गायिका रानी शाक्यले गुनासो के को गरुँ भन्दै प्रश्न सोधेकी छन् । उनको नयाँ गीत ‘म गुनासो के को गरूँ’ मा मनभित्र गुम्सिएका भावनाहरु पोखिएका छन् । गीतमा राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत छ । शाक्यले गीतको माध्यमबाट कसैको पीडालाई व्यक्त गरेकी छन् ।

गीतको भिडियोमा अभिनेता धिरेन शाक्य र पूर्व मिस नेपाल उषा खड्गीको अभिनय छ । भिडियोमा उषाले धिरेनसँग बिताएका पलहरु सम्झिएका छन् । प्रहिल कार्कीले निर्देशन गरेको भिडियोमा उत्तम हुमागाँइको छायाङ्कन र माधव वेलवासेको सम्पादन छ ।