तुलसिपुर नगर स्तरिय वातासिनो कप फुटबल हुने

असोज ०५, २०७९


लक्ष्मण बस्नेत
दाङ, ५ असोज ।
दाङको तुलसिपुरमा तुलसिपुर नगर स्तरिय वातासिनो कप फुटबल प्रतियोगिता २०७९ हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को सहायक संगठन युवा जनस्वयंसेवक नेपाल दाङको आयोजना तथा दाङ वातासिनोको सहयोगमा अरनिको मैदान तुलसिपुरमा संचालन हुने प्रतियोगिता यहि असोज १० गते देखि सुरु हुनेछ ।

फुटबल खेलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसिपुर नगर क्षेत्रमा स्थापित क्लबका १२ बढी टिमको सहभागिता रहने आयोजक युवा जन स्वयंसेवक नेपाल दाङका अध्यक्ष अजय दुलालले जानकारी दिनु भएको छ ।

चार दिन सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता टिमले नगद २५ हजार रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष दुलालले बताउनुभयो । यसैबीच प्रतियोगिता लाई भब्य एवं सभ्य रुपमा सम्पन्न गर्न आफ्नो तयारी लाई तिब्र पारेको आयोजकले

असोज ९ गते दिउँसो २ बजे सम्म टिम दर्ताको समय राखेको छ, भने ३ बजे टाईसिट गर्ने कार्यक्रम रहेको छ । त्यस्तै प्रतियोगितामा सहभागी टिमका लागि दर्ता शुल्क ५ हजार रुपैयाँ राखिएको आयोजकले जानकारी दिएको छ ।