दाङमा १२७८ डेंगु संक्रमित

असोज ११, २०७९


तुलसीपुर, ११ असोज ।

देशैभरी डेंगु संक्रमित बढेको बेला दाङमा पनि डेंगु संक्रमित दैनिक रुपमा बढी रहेका छन् । दाङमा साउन १ गतेदेखि असोज ७ गतेसम्म १२७८ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए । चन्दका अनुसार अहिलेसम्म दाङका १० पालिका मध्य सात पालिकामा डेंगु संक्रमित भेटिएका छन् । दाङको शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका र बंगलाचुली गाउँपालिमा डेंगु संक्रमित भेटिएका छैनन् ।

सबै भन्दा धेरै घोराही उपमहानगरपालिकामा डेंगु संक्रमित भेटिएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिकामा ९९४ जना, तुलसीपुर उपमहानगरपालिकामा २४७, लमही नगरपालिकामा २५, गढवा गाउँपालिकामा ५, राप्ती गाउँपालिकामा ५, दंगीशरण गाउँपालिकामा १ र बबई गाउँपालिकामा १ जनामा डेंगु संक्रमण भएको छ । जिल्लामा डेंगु रोग संक्रमणबाट घोराहीकी एक महिलाको मृत्यु भइसकेको छ ।